• The Public Today
  • प्रदेश २ का पेट्रोल पम्प आज बन्द


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, कार्तिक ९ गते :
    पप्रदेश २ मा आज पेट्रोल पम्प बन्द हुने भएको छ । धनुषाको सपहीमा रहेको शिव आयल निगमका संचालक मनोज साहको हत्या विरोधमा पेट्रोलीयम डिलर्स एशोसिएसनको आह्वानमा व्यवसायहीहरुले आज पेट्रोल पम्प बन्द गरेका छन् ।

    [custom-facebook-feed]

    पेट्रोल पम्प बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । उपभोक्ताहरु तोकेको मूल्य भन्दा बढी तिरेर बोतलमा राखेर बेच्दै गरेको पेट्रोल किन्न बाध्य भएका छन् । पेट्रोलीयम पदार्थ जस्तो संवेदनशील क्षेत्रमा लगानी गर्ने व्यवसायीहरू असुरक्षित रहेको भन्दै एशोसिएसनले धनुषा लगायत महोत्तरी, सिरहा, सर्लाही, रौतहट, बारा र पर्साका व्यवसायीहरुले शनिबार तेल नबेच्ने घोषणा गरेका हुन् ।

    तर महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका पम्प पनि दुई घण्टा मात्र बन्द रहने एशोसिएसनले जनाएको छ । एशोसिएसनकोका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले एक विज्ञप्ति जारी गर्दै व्यवसायी सुरक्षाको प्रत्यभूति गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरिको छ ।

    बुधबार जनकपुरधाममा पेट्रोलपम्प सञ्चालन गर्ने व्यवसायी मनोज साहको गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न पंकज चौधरीलाई प्रहरीले दुई थान हतियार र २२ राउण्ड गोलीसहित बुधबार नै पक्राउ गरेको थियो ।

    निर्माण व्यवसायी पंकज चौधरीमाथि बाँकी रहेको रुपैँया माग्न जाँदा सपहीस्थित न्यू शिव आयल स्टोर्सका संचालक मनोज साहमाथि उनले गोली प्रहार गरी हत्या गरेका थिए ।


    क्याटेगोरी : अर्थ, ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस