करेन्ट लाग्दा महोत्तरीमा एक युवकको मृत्यु

File Photo

राजेश सिंह
गौशाला, कार्तिक ११ गते :
महोत्तरी जिल्लाको रामगोपालपुरमा करेन्ट लाग्दा एक युवकको मुत्यु भएको छ ।

[custom-facebook-feed]

रामगोपालपुर नगरपालिका वडा नम्बर ८ टिकुलीया बजारमा रहेको जयमहराजा ज्वेलर्समा झिमिलि बत्ती जोडने क्रममा आईतबार बेलुकी करिब ५ बजे करेन्ट लाग्दा उपचारको क्रममा जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृत्यु हुनेमा जिल्ला धनुषाको जनकपुर उपमहानगरपालिका २१ बस्ने देबनारायण शाहको छोरा वर्ष १५ को खगेन्द्र शाह रहेको र शवलाई पोष्टमार्टमको लागि अंचल अस्पताल पठाइएको जिल्ला प्रहरीले कार्यालय महोत्तरीले जनाएको छ ।