• The Public Today
  • बलात्कारको आरोपमा अनेरास्ववियूका केन्द्रीय सदस्य राई पक्राउ


    पब्लिक टुडे समाचारदाता
    काठमाण्डौ, कार्तिक १२ गते :
    प्रहरीले बलात्कार गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन९अनेरास्ववियू० केन्द्रीय सदस्य इन्द्रहाङ राईलाइ पक्राउ गरेका छन् ।

    [custom-facebook-feed]

    रत्नराज्य लक्ष्मी क्याम्पस९आरआर० स्वतन्त्र विद्यार्थी युनियनका बहालवाला सह–सचिव समेत रहेका राईलाई १८ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार बिहान पक्राउ गरेको हो ।

    सोमबार राति प्रहरीलाई पीडित किशोरीले राईले आफूलाई बलात्कार गरेको जानकारी गराएकी थिइन् । राईले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६, माकलबारीमा रहेको साथीको कोठामा लगेर बलात्कार गरेको किशोरीले प्रहरीलाई बताएकी छिन् ।

    महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० होविन्द्र बोगटीका अनुसार अहिले घटनाको अनुसन्धान भैरहेको छ । पीडित किशोरीको स्वास्थ्य परीक्षण भएको र घटनाको प्रारम्भिक अनुसन्धान भैरहेको पनि डीएसपी बोगटीले उज्यालोलाई जानकारी दिएका छन् ।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस