• The Public Today
  • पटाका पड्काउने क्रममा आगलागी हुँदा लाखौको क्षति



    सप्तरी, कार्तिक १३ गते : सप्तरीको राजविराजमा पटाका पड्काउने क्रममा मंगलबार आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    [custom-facebook-feed]

    मंगलबार बेलुका ७ बजे राजविराज नगरपालिका–८ मा रहेको हिमालय टोलमा स्थानीय शिवेश सिंंहको घरमा पटका पड्काउने क्रममा आगलागी भएको स्थानीय शोरभ यादवले जानकारी दिनुभयो । आगलागीबाट एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएका छन् ।

    त्यस्तै, आगलागीबाट नगद, जिन्सी, भाँडाकुँडा र सरसमान जलेर नष्ट हुँदा झण्डै तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । समयमा दमकल नपुग्दा आगोले बढी क्षति गरेको स्थानीयको भनाइ छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। –रासस


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस