• The Public Today
  • सप्तरीमा लोपोन्मुख प्रजातिको अजिङ्गर भेटियो


    सप्तरी, कार्तिक १३ गते – सप्तरीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।
    सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१२, कोशी बाँधमा मंगलबार राति १५ किलोको अजिङ्गर फेला परेको हो ।

    [custom-facebook-feed]

    प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयले कोशी बाँधमा अजिङ्गर देखेपछि इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए । दबर पाएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको अजिङ्गर इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखिएको छ ।

    यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो । –रासस


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस