• The Public Today
  • कपिलवस्तुमा प्रहरीको गोली लागेर एकको मृत्यु, अनिश्चितकालका लागि कर्फ्यु जारी



    काठमाडौैं, कार्तिक १४ गते : कपिलवस्तुमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

    [custom-facebook-feed]

    लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले कृष्णनगर क्षेत्र तनावग्रस्त बनेपछि स्थिति नियन्त्रण लिन भन्दै प्रहरीले चलाएको गोली लागेर सुरजकुमार पाण्डेको मृत्यु भएको हो ।

    प्रहरीले झडप नियन्त्रण लिन बुधबार विहान ५० सेल अश्रुग्यास हानेको छ । स्थानीय वासिन्दाबीचको विवाद नियन्त्रणमा लिने क्रममा केही प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपशमशेर राणाले बताए ।

    बुधबार साँझदेखि सुरु भएको विवादले बिहीबार विहान झनै ठूलो रुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ ।कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर र पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ

    मूर्ति विसर्जन गर्ने क्रममा कुन बाटो हिँड्ने भन्ने विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो । अनलाइनखबर


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस