• The Public Today
  • छठ पर्वमा माछा, मासु र रक्सी बिक्री बितरण बन्द


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, कार्तिक १४ गते :
    प्रदेश २ को राजधानी जनकपुरधाममा छठ पर्वलाई लक्षित गरी माछा, मासु र रक्सी प्रयोग तथा बिक्री बितरण बन्द गरिएको छ ।

    [custom-facebook-feed]

    जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै छठ पर्वलाई लक्षित गर्दै तीन दिनका लागि माछा, मासु र रक्सी प्रयोग तथा बिक्री बितरणमा रोक लगाइएको जनाएको छ ।

    जनकपुरधामको परिक्रमा क्षेत्रभित्र माछा, मासु र मदिरा सेवन, बिक्री वितरण तथा कारोबारमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन् ।

    शुक्रबारदेखि आगामी आइतबारसम्मका लागि प्रयोग तथा बिक्री बितरणमा रोक लगाइएको उनले बताए । यो सूचना विपरित गरे/गराएमा प्रचलित कानून बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस