• The Public Today
  • छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ


    वीरगञ्ज, कार्तिक १५ गते । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाराबाट एक जनालाई पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    ३८ बर्षका कोल्हवी–२ बस्ने उनीमाथि २२ बर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोप छ । बिहीबार पीडित महिलाले प्रहरीसामू उजुरी दिएकी थिइन् । पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरिक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

    ‘पीडित महिलाको ०७५ माघमा विवाह भएको रहेछ । घरमा कुरा नमिलेपछि माइतीमै बस्ने गरेकी रहिछन्’ प्रहरी नायव उपरिक्षक राठौरले भने, ‘त्यही बेला बुवाले आफूलाई पटकपटक जबरजस्ती करणी गरेको बयान पीडितले दिएकी छन् ।

    ईलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई घटनाबारे अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


    क्याटेगोरी : अपराध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस