• The Public Today
  • बसको ठक्करबाट पुर्व सांसद महतोको निधन


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, कार्तिक १५ गते ।
    बसको ठक्करबाट पुर्व सांसद राम लखन महतोको निधन भएको छ ।

    [custom-facebook-feed]

    शुक्रवार धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ स्थित विश्वकर्मा चोकमा यात्रुबाहक बसको ठक्करबाट तत्कालीन नेकपा एमालेबाट २०५१ मा निर्वाचित ६० वर्षीय सांसद रामलखन महतोको मृत्यु भएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताए ।

    शैक्षिक भ्रमणकालागि काठमाडौँबाट जनकपुरतर्फ आउँदै गरेको बा ५ ख ८८५ नम्बरको बसले बाटो काट्ने क्रममा साइकल चलाउँदै गरेका ६२ वर्षीय नेता महतोलाई ठक्कर दिएको थियो ।

    बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारकालागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरिक्षक खनालले जानकारी दिए ।

    unn.prixa.net

    ठक्कर दिने यात्रुबाहक बस र चालक प्रहरी नियन्त्रणमा छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस