• The Public Today
  • छठ पर्व आज : अस्ताउँदो सूर्यलाई अर्घ दिइने


    This image has an empty alt attribute; its file name is the-public-today-1024x194.png

    पुनम कुमारी सिहं / विजय कुमार सिहं
    जनकपुरधाम / ढल्केवर, कार्तिक १६ गते ।

    [custom-facebook-feed]

    भनिन्छ, ‘भक्त र भगवानसँग सिधा वार्तालाप छठ पर्वमा हुन्छ ।’ योनै एउटा पर्व हो, जसमा पुजारी र पुरोहित हुँदैन । छठमा अर्घ दिइने सुर्य भगवान प्रत्यक्ष देखिन्छ ।

    त्यसैले पुजारी चाहिदैन । नेपालीहरुको महान चाडपर्व दशैं दिपावली र तिहारपछि अहिले समाचकेवासंगै विशेषगरि तराई मधेसमा महान पर्व छठको तयारी अन्तिम चरणमा पुगेको छ । निष्ठा र श्रद्धापवूर्क मिथिलाञ्चलको घरघरमा छठको रौनकताले छपक्कै छोपेको छ ।

    सखु, शान्ति, पुत्र प्राप्ति र अरोग्य हेतु छठ पर्व मनाइन्छ । सामाजिक एकता र सद्भावको प्रतिकको रुपमा छठपर्वको स्वागत गर्न मिथिलानीहरु निष्ठापूर्व ब्रत बस्ने गछर्न् ।

    चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात मुख्य दिन आज शनिवार साँझ मिथिलाञ्चलसहित तराई–मधेसको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ मनाईदैछ ।

    सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ पर्व बिहीबारबाट विधिवत रुपमा शुरु भएको हो । छठको मुख्य विधि अन्तर्गत पहिलो दिन अरबा–अरबाइन गरिन्छ जसलाई नहायखाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ ।

    सोहि अनुसार पर्वको पहिलो दिन बिहिबार व्रतालु महिला र पुरुषहरुले नहाय खाय अर्थात् नुहाएर खाएका थिए । त्यस्तै पर्वको दोस्रो दिन शुक्रबार खर्ना मनाएका थिए ।

    खर्नाका दिन व्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर, केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गरेका थिए ।

    पर्वको तेस्रो दिन अर्थात मुख्य दिन आज अस्ताउँदो सुर्यलाई अर्घ दिँदै छठ पर्व धुमधामकासाथ मनाइँदैछ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

    पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

    त्यस्तै षष्ठीका दिनअर्थात् आज साँझ गहुँ र चामलको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकिया जस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, नरिबल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

    षष्ठीका दिन आज साँझ व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् ।

    त्यस्तै त्यसको भोलिपल्टअर्थात् आईतवार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोर्होयाई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् । उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ ।

    जाति विभदे विरुद्धको छठ

    हुन त छठपर्व वर्षमा दुई पटक मनाईएतापनि कार्तिक महिनामा मनाईने छठपर्व विशेष रुपमा मनाइन्छ । ‘डोम जातिलाई तल्लो जाति भन्दै उसले छोएको पानी खान मान्दैन । तर, छठ पर्वमा डोमले बनाएको सुपली नभई हुँदैन,’ गौशाला नगरपालिका–१, रामनगरस्थित श्री माध्यमिक विद्यालका शिक्षक जगदिश यादव भन्छन्, ‘भेदभाव, छुवाछुतजस्ता विकृति एवम् विसगंतिलाई पाखा लगाउने भएकोले छठ पर्व धार्मिक, सामाजिक एवम् प्राकृितक विशेषताले भरिपूर्ण छ ।

    छठपर्वको कारण जातीय भेदभाव एवम् छुवाछुत भने क्षणिक भरको लागि अन्त्य भएको महशुस हुने गरेको महोत्तरीका पत्रकार तथा सामाजिक अभियन्ता राजकरण महताकोे भनाई छ ।

    यस पर्वमा अन्य समयमा डोम, कुमाहलेजस्ता जातिलाई हेपिदैं, पेलिदै आएका छन् । उनीहरु एकसाथ जलाशयमा उभिएर भगवान षष्ठीलाई अर्घदिएको दृश्य हामीले प्रत्यक्ष रुपमा हर्ने पाउँछौ । जुन अन्य पर्वहरु बेला हेर्न मुश्किल नै हुने गर्छ । पछिल्लो समयमा आएर चिनियाँ वस्तुको कारोबारमा विक्री भएतापनि छठपर्व मनाउनको लागि डोम समुदायले निर्माण गरेको सुपली, डाला, नाङ्गलो भने चोखो हुने गरेको गौशाला नगरपालिकाका यूवा नेता रमेश महतो बताउँछन् ।

    छठ पर्व कतिपयले मनोकामना पुरा भएपछि मान्ने गर्दछन् । तर अधिकांश परिवारमा पुर्खाहरुले मान्दैआएको पर्व हस्तान्तरण हुँदै आएको छ ।

    सिंगारियो छठ घाट

    सद्भाव अनि भातृत्वको प्रतिक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ मनाइन्छ । नदि, तालतलैया, पोखरीको किनारामा श्रृङ्गारिएर तयार पारिएका घाटहरु, केराका थम्बा, झिलीमिली बत्तिबीच अस्ताउँदो र उदाउँदो सूर्यको लालीकिरणलाई अर्घ दिएर यो चाड मनाईन्छ ।

    छठपर्वको मुख्य पूजा हुने दिन (सन्ध्या अर्घ)का दिन जलाशयलाई सरसफाई गरि दुल्हीझै सिंगारी हजारौरुपैया खर्चिने गरिएको गौशाला बजारमा ईलेक्ट्रोनिक पसल संचालन गर्दै आएका व्यवसायी लाल किशोर महतोको भनाई छ । उनी भन्छन्, ‘दीपावली र छठमा झिलिमिली ईलेक्ट्रोनिक्स विद्युतिय उपकरणको व्यापार हुन्छ।’


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस