सातै प्रदेशमा प्रमुखकाे नाम सिफारिस, प्रदेश २ मा परियार

फाइल फोटो
काठमाडौं, कार्तिक १८ गते । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
[custom-facebook-feed]
मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो ।
बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको एक मन्त्रीले बताए ।

क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय
प्रतिक्रिया दिनुहोस