• The Public Today
  • सप्तरीमा हात्तीले घर भत्कायो


    सप्तरी, कार्तिक १९ गते : कञ्चनरुप नगरपालिका–६ जमुवामा सोमबार हात्तीको समूहले स्थानीयवासी धनेश्वर चौधरीको भान्साघर भत्काएको छ ।

    [custom-facebook-feed]

    कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन जङ्गली हात्तीले फुसको भान्सा घर भत्काई त्यहाँ रहेको अन्नपात खाएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । हात्तीले घर भत्काउँदा र अन्नपात खाँदा रु २५ हजार मूल्य बराबरको क्षति भएको चौधरीले बताउनुभयो । प्रहरी र स्थानीयवासीले हात्तीलाई जङ्गलतर्फ लखेटेका छन् ।

    शनिबार राति र आइतबार बिहान अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नं ६ मोहनपुरस्थित १० घर हात्तीले भत्काएको थियो । आरक्षबाट आएका चार हात्तीले १० घर भत्काएको स्थानीयवासी दुखी यादवले बताउनुभयो । यादवसहित हात्तीले कमानसिंह मगर, मञ्जु कार्की, रोमा परियारलगायतका घर भत्काएको थियो ।

    हात्तीको समूहले कोदोबारी, केराबारीसमेत नष्ट गरेको स्थानीयवासीले बताएका छन् । हात्तीको आक्रमणमा परी वर्षेनी मान्छेको ज्यान जानुका साथै सयौँ बिघामा लगाएको अन्नबाली नष्ट पार्दा समेत कुनै निकायले रोकथामका लागि पहल नगरेको स्थानीयवासीको गुनासो छ । रासस


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस