• The Public Today
  • नवनियुक्त सातै प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ


    काठमाडौं, कार्तिक १९ गते । नवनियुक्त सातवटै प्रदेशका  प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    [custom-facebook-feed]

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् ।

    आइतबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले सबै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् । सोमबार नियुक्त भएका नयाँ प्रमुखहरू शपथपछि सम्बन्धित प्रदेश जाने तयारीमा छन् ।

    प्रदेश १ मा सोमनाथ प्यासी (अधिकारी), २ मा तिलक परियार, ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकीमा अमिक शेरचन, ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा शर्मिला पन्त नियुक्त भएका छन् । शपथपछि तोकिएको प्रदेशमा गएर उनीहरूले पदभार ग्रहण गर्नेछन् ।

    शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस