• The Public Today
  • मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षक पक्राउ


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, कार्तिक १९ गते ।
      प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ४३ जना अस्थायी शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    मंगलबार बिहान मुख्यमन्त्री कार्यालय अगाडी पुगेर कर्मचारीलाई भित्र छिर्न नदिने गरी धर्ना तथा तालाबन्दी गर्न खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सेवाबाट मुक्त गरिएपछि निरन्तर आन्दोलन गर्दै आएका अस्थायी शिक्षकहरुले पुनर्बहाली गर्नुपर्ने माग राखेका छन् ।

    ताला लगाउन गएका अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहित
    सहित ४३ अस्थायी शिक्षक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    अस्थाई शिक्षकहरुलाई निरन्तर काममा फर्काउनुपर्ने माग गर्दै उनीहरुले सोमबार दिउँसो मुख्यमन्त्री कार्यालय अगाडी आधा घण्टा चक्काजाम समेत गरेका थिए । त्यसअघि, अस्थायी शिक्षकहरुले असार २० गतेदेखि एक महिनासम्म मुख्यमन्त्री कार्यालय अगाडि धर्नासमेत दिएका थिए ।

    यथाशिघ्र अस्थाई शिक्षकहरुको माग पुरा नभए कडा संघर्ष गर्ने शिक्षकहरुले चेतावनी दिँदै आएका छन् ।


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस