• The Public Today
  • नवनियुक्त प्रदेश प्रमुख परियारलाई जनकपुरमा भव्य स्वागत [फोटोफिचर]


    किरण कुमार कर्ण
    जनकपुरधाम, कार्तिक २० गते ।
    प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

    [custom-facebook-feed]

    उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले उनलाई जनकपुर विमानस्थलमा स्वागत गरेका थिए । स्वागत लगत्तै उनीहरु काठमाडौँका लागि प्रस्थान गरेका थिए । 

    यस्तै परियारलाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सरकारका भौतिक पूवार्धार तथा विकास मन्त्री जितेन्द्र सोनलले स्वागत तथा अभिनन्दन गरेका थिए । लगत्तै नेपाली सेनाको एक टुकडीले प्रदेश प्रमुख परियारलाई सलामीका साथ सम्मान गरेको थियो । 

    स्वागत समारोहमा नम्बर २ का मुख्यसचिव दिपक सुवेदी, प्रदेश प्रहरी प्रमुख प्रद्युमन कार्कीलगायत पनि सहभागी थिए । 

    यता प्रदेश प्रमुख परियारले पदभार ग्रहण गर्दै संविधानसम्मत प्रदेश प्रमुखले गर्ने काम कर्तव्य गर्ने बताए । उनले विगतमा आफू पार्टीको नेता कार्यकर्ता रहेको तर अहिले जिम्मेवार पदमा रहेको भन्दै विधेयकहरु अध्ययन गरी राष्ट्र हित र संधिवानसम्मत रहेमा मात्रै प्रमाणिकरण गर्ने स्पष्ट पारे ।

    Image may contain: 4 people, people eating and food
    Image may contain: 1 person, standing
    Image may contain: 7 people, people smiling, people standing, beard and outdoor
    Image may contain: 1 person, standing, tree, sky and outdoor
    Image may contain: 6 people, people standing and outdoor

    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस