• The Public Today
  • सिरहामा बन्चरो प्रहार गरी श्रीमतीको हत्या


    पब्लिक टुडे समाचारदाता
    सिरहा, कार्तिक २० गते ।
    सिरहामा एक महिलाको हत्या भएको छ ।

    [custom-facebook-feed]

    सिरहाको कर्जनाह नगरपालिका २ बन्दिपुर सलहेश टोलमा बुधबार स्थानीय रामबाबु पासवानले आफ्नै श्रीमती कवितादेवी पासवानको बन्चरो प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

    बुधबार बिहान पासवानकी श्रीमति कविताले मासु किनेर खाने भन्दै श्रीमानसँग पैसा मागेका थिए । तर श्रीमानले पैसा नदिएपछि सुरु भएको विवाद उग्र बन्दै हत्याको अवस्थामा पुगेको प्रहरीले जनाएको छ । 

    पासवानले घाँटीलगायत शरीरका विभिन्न भागमा बन्चरो प्रहार गरेसँगै उनको घटनास्थलमै मृत्यु हुन पुगेको प्रवक्ता बोहराले जानकारी दिए । 

    घटनापछि पासवान फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 


    क्याटेगोरी : अपराध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस