• The Public Today
  • स्रोत नखुलेको १८ लाख रुपैयाँसहित ३ जना पक्राउ


    पब्लिक टुडे समाचारदाता
    पर्सा, कार्तिक २२ गते ।
    प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    पक्राउ पर्नेमा भारतीय नागरिक सुधीरकुमार, सहिद आलम र बिक्कीकुमार रहेका छन्। प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको उनीहरूको साथबाट १८ लाख अवैध नेपाली रुपैयाँ बरामद गरेको हो । उनीहरुले अवैध रुपमा हुण्डी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

    शुक्रबार विहान साढे १० बजे प्रहरीले वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट तीन वटा भारतीय मोटरसाइकलमा नेपाल आउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : अपराध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस