• The Public Today
  • सडक डिभिजन कार्यालयले भत्कायाे वडा कार्यालय


    जनकपुरधाम, कार्तिक २२ गते : जनकपुरधाम उपमहानगरपालिका वडा नं‍‍. २१ को वडा कार्यालयमाथि डोजर चलेको छ।

    [custom-facebook-feed]

    सडक डिभिजन कार्यालय जनकपुरले शुक्रबार प्रहरी तथा स्थानीयको सहयोगमा निर्माणाधीन जनकपुर–सम्सी सडक–खण्डमा सडकमै रहेको वडा कार्याल भत्काएको हो। वडाध्यक्ष रामेश्वर महासेठले सडकमै रहेको वडा कार्यालय भत्काउन नमानेपछि सडक विस्तार हुननसकेको भन्दै स्थानीयहरूको दवावमा कार्यालय भत्काइएको हो। ‘वडाध्यक्षले सडकमै नपर्ने विद्यालय जबर्जस्ती भत्काए तर वडा कार्यालय भत्काउन मानिरहेका थिएनन्। गाउँमा घर भत्काउन आएका डोजरलाई स्थानीयहरुले वडा कार्यालय भत्काउनैपर्ने गरी आक्रोशमा उत्रिएपछि कार्यालय भत्काइएको हो,’ स्थानीय शम्भु निर्दोशीले भने।

    करिब डेढ वर्षदेखि विवादमा रहेको वडा कार्यालय नभत्किदा करिब ५ सय मिटर सडक निर्माणकार्य प्रभावित भएको थियो। डेढवर्ष अघि वडाध्यक्ष महासेठको संलग्नतामा सडकको दक्षिणपट्टी रहेको राजर्षी जनक माध्यमिक विद्यालयको भवन तथा पर्खाल भत्काइएपनि वडा कार्यालयको बचाउ गरिएको थियो। वडाध्यक्षले त्यहीँबेलादेखि त्यहाँ विवाद चल्दै आएको थियो। विद्यालयको कक्षाकोठा र पर्खाल भत्काएपछि विद्यार्थीले सडकमै पढेर विरोध गरेका थिए। ‘वडा कार्यालय बनाउन धेरै खर्च लाग्छ। त्यो पैसाले अरु कुनै विकास कार्य गर्न सकिन्छ भनेर वडा कार्यालय भत्काउन मैले अवरोध गरेको थिए,’ वडाध्यक्ष महासेठले भने।

    जनप्रतिनिधिले भेदभावपूर्ण तरिकाले विद्यालय भत्काएको भन्दै स्थानीय बासिन्दालयले सडकमा रहेको वडा कार्यालय समेत भत्काउन माग गर्दै विभिन्न चरणमा आन्दोलन गरेका थिए। सोहीक्रममा सडक डिभिजन कार्यालयले बाध्य भएर वडा कार्यालय भत्काएको जनाएको छ। वडा कार्यालय भत्काउने क्रममा वडाध्यक्ष पक्ष र स्थानीयबासिन्दाबीच केहिबेर तनाव समेत उत्पन्न भएको थियो।
    नेपालन्युज


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस