• The Public Today
  • धनुषामा चितुवाको छालासहित तीन पक्राउ


    पब्लिक टुडे समाचारदाता
    धनुषा, कार्तिक २३ गते :
    धनुषामा सशस्त्र प्रहरीले चेकजाँचको क्रममा चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धनौजी गाउँपालिकास्थित गोरदाहामा सशस्त्र प्रहरीले चेकजाँच गर्दा एक मोटरसाइकलमा सवार ३ जनालाई चितुवाको छालासहित पक्राउ गरेको हो ।

    [custom-facebook-feed]

    पाटे चितुवाको शरीरको भाग ५ फिट र पुच्छर ७।५ फिट तथा लम्बाई ४।४५ फिट चौडाइ भएको पाटे चितुवाको एक थान छाला, यमाहा कम्पनीको एफजेड मोटरसाइकल एक थान, १३ हजार ४ सय ५५, सुनको औँठी एक थान र मोबाइल २ थान बरामद भएको सशस्त्र प्रहरी बल धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।

    अवैध रुपमा पाटे चितुवाको छालाको चोरी निकासीमा संलग्न रहेको आरोपमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वड्क नम्बर ५ बस्ने २८ वर्षका सुनिल ढुङ्गेल, ३९ वर्षका शिवकुमार महतो र धनुषाको धनौजी गाउपालिका वडा नम्बर ४ बस्ने ३६ वर्षका जयराम मण्डल पक्राउ परेको प्रहरी उपरीक्षक उप्रेतीले जनाए ।

    सशस्त्र प्रहरी बल नम्बर ८ धनुषाको गण धनुषा हेडक्वार्टरबाट खटेको ६ जनाको स्क्वाइट टोलिले चेकजाचको क्रममा बरामद गरेको छ ।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस