• The Public Today
  • सिरहामा दुई हजार लिटर घरेलु मदिरा नष्ट


    पब्लिक टुडे समाचारदाता
    सिरहा, कार्तिक २३ गते ।
    सिरहामा दुई हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा नष्ट गरिएको छ ।

    [custom-facebook-feed]

    प्रहरीले सिरहाको लहान नगरपालिका–१८, मिर्चैया नगरपालिका-९ र सिरहा नगरपालिका १२ बाट तयारी मदिरा अन्दाजी ९ सय ८० लिटर, कच्चा पदार्थ अन्दाजी ११ सय लिटरसहित मदिरा बनाउन प्रयोग हुने भाडावर्तन समेत नियन्त्रणमा लिई मदिरा नष्ट गरेको हो ।

    शुक्रबार ईलाका प्रहरी कार्यालय लहान, ईलाका प्रहरी कार्यालय मिर्चैया र प्रहरी चौकी बेल्हा, सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उक्त घरेलु मदिरा बरामद गरी स्थानिय, नागरीक समाजलगायत वडाध्यक्ष सहितको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस