• The Public Today
  • जनकपुरमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, कार्तिक २४ गते ।
    जनकपुरमा प्रधामन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।

    [custom-facebook-feed]

    आइतबार मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी र जनगणतान्त्रिक मोर्चा धनुषाले संयुक्तरुपमा जनकपुरको जनकचोकमा प्रधानमन्त्री द्वय ओली र मोदीको जलाएको हो ।

    भारतले नेपालको भू–भाग आफ्नो नक्सामा समेटेको र देशका प्रधामन्त्री चुप लागेर बसेको बिरोधमा ओली र मोदीको पुत्ला जलाएको जनगणतान्त्रिक मोर्चा धनुषाका अध्यक्ष नन्दकुमार झाले बताए ।

    पुत्ला दहन कार्यक्रममा मिथिला राज्य समिति सदस्य कमल नरायण चौधरी, नेकपा माओवादी क्रान्तिकारी धनुषाका सेक्रेटरी शीतल कर्ण लगायतको सहभागिता थियो ।


    क्याटेगोरी : राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस