• The Public Today
  • चाहारको कीर्तिमानीमा भारतलाई टी–२० सिरिज


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, कार्तिक २५ गते :
    बंगलादेशसँगको टी–२० क्रिकेट सिरिजको शृंखला भारतले जितेको छ ।

    [custom-facebook-feed]

    आइतबार राति भएको अन्तिम तथा तेस्रो खेलमा भारतले बंगलादेशलाई ३० रनले पराजित गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो । १७५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १९।२ ओभरमा सबै विकेटको क्षतिमा १४४ रन मात्रै बनाएपछि भारतले सिरिज जितेको हो ।

    बंगलादेशका लागि मोहम्मद नाइमले ८१ रन बनाएपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा हार ब्यहोरेको हो । त्यस्तै, मोहम्मद मिथुनले २७ रन बनाएका थिए ।

    बलिङतर्फ भारतका दिपक चाहारले विश्व रेकर्ड राख्दै ६ विकेट लिए । उनले ३।२ ओभरमा सात रन मात्रै खर्चिएर ६ विकेट लिए । यो अहिलेसम्मकै टी–२० क्रिकेटमा सबैभन्दा उत्कृष्ट बलिङ हो ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७४ रन बनाएको थियो । भारतको लागि श्रेयस ऐयरले ६६ र केएल राहुलले ५२ रन बनाएका थिए ।

    तीन खेलको टी–२० सिरिज भारतले २–१ ले जितेको हो । एजेन्सी


    क्याटेगोरी : खेलकुद, ब्रेकिङ्ग न्युज-१

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस