दलित समुदायकी चेलीको समाजसेवा मोह

राजकरण महतो
बर्दिबास, कार्तिक २५ गते ।
बर्दिबास सरसफाई महाअभियानलाई ६० दिनमा पु¥याउने धेरै अभियन्ता छन् । धेरै जसो अभियानी कुनै न कुनै रुपमा चिनिएकै नाम हो ।

[custom-facebook-feed]

चिरपरिचित उनीहरुको भिडमा दिनहुँ दलित समुदायकी एक २० बर्षीया अभियन्ता सबिना लामगादे पनि मिसिन्छिन् । मुखमा माक्स अनि हातमा पञ्जा लगाएर फोहोर टिप्छिन् । जसले किशोरी उमेरबाटै समाजिक कार्यमा खटिदैं आएकी छिन् ।

‘मेरो घरको समस्या हाम्रो देशको पीडा हो । पीडामा मलहम पट्टी गर्न अघि बढेकी छु । समाज र राष्ट्र निर्माण नै मेरो मुख्य उद्देश्य हो ,’ बर्दिबास चोकमा सरसफाई गर्दै भेटिएकी उनी भन्छिन्, ‘मेरो कारणले कहिल्यै मेरो आमा, बुवाको शिर झुक्न दिन्न । सधै मेरो मामुबाबालाई म प्रति गर्व हुने काम गर्छु ।’ महोत्तरीको बर्दिबासस्थित देउराली माध्यमिक विद्यालय नजिकै उनको घर छ ।

कहिले बढीपीडित बालबालिकालाई संकलन गरेर शैक्षिक समाग्री लिएर विद्यार्थी माझ पुगिन् त कहिले युवा शक्ति राष्टको शक्ति हो भन्दै क्याम्पका साथीहरुलाई हौसल्ला दिन विद्यार्थी माझ जान्छिन् । ‘टिम बनाएर युवाहरुले काम गर्नु पर्छ । समाज रुपान्तरणको जस्तो सुकै कठिन काम पनि गर्न सकिन्छ,’उनले भनिन् ।

राजकरण महतो
-पत्रकार

वुवा धनवीर र आमा सुमित्राको कोखबाट जन्मिएकी सविना उनीहरुको दोस्रो सन्तान हुन् । सुमिन्त्राले जन्मिदिएकी तीनै सन्तान छोरी नै छन् । सविना भन्छिन्,‘ मेरो परिवारमा छोरो छैन भन्ने महसुस मामुबाबालाई कहिले हुनदिन्न । छोरो जस्तै समाजमा काम गरेर समाजमा देखाउँछु । छोरो भन्दा छोरी के कम भन्ने मान्यता समाजमा स्थापित गरेरै छाँड्छु ।’

दलितलाई कानुनी अधिकार मिलेको छ । तर, समाजिक रुपमा दलित अझै पछाडि नै छन् । पुस्तौंनी रोग, भोक र शोकले दलितहरु थलिएका छन् । सचेतनाको कमी, आर्थिक अभाव, गरिवीले उनीहरुलाई झन् थिचिदिएको छ । दलितलाई उठ्न मात्रै होइन्, समाज रुपान्तरणमा सबिना उतिकै सक्रिय छिन्, दलित समुदायकी चेली सविना ।

समाजिक रुपान्तरणमा हात बढाएर उनले सानो समयमा समाजिक प्रतिष्ठा मात्रै कमाएकी छैन्न, अभियानीको रुपमा स्थापित पनि बन्दै छिन् । आधा दर्जन समाजिक संघसंस्थामा उनको सक्रियता छ ।

युवा सञ्जाल बर्दिबास नगरको सदस्य, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल प्रदेश २ को सह–सचिव, युवा अभियान नेपाल बर्दिबासको सचिव भएर समाजिक कार्यहरुमा सक्रिय छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको महोत्तरी जिल्ला कोषाध्यक्ष, बर्दिबास सरसफाई तथा फोहोर मैला व्यवस्थापन समितिको सदस्यको भूमिकामा रहेर काम गरिरहेकी छिन् ।

दोहोरी गीत गाउनमा उनको रुचि छ । नृत्य पनि गर्छिन् । नाटक खेल्न त उनलाई अधौं मन पर्छ । दुःख सुख गरेर २०७२ सालमा एसइई गरेकी उनी समाजसेवा संगै पढाइलाई निरन्तरता दिइरहेकी छिन् । उनी शिक्षा संकाय अन्र्तगत बिएड दोस्रो बर्षमा पढ्दै छिन् ।

Image may contain: 3 people, people smiling, people standing and outdoor

लागुऔषध विरुद्धको जनचेतना मूलम नाटक ‘बिम्ब प्रतिबिम्ब’मा केही महिना अघि समाजसेवीको भूमिका निर्वाह गरेर उनले लोकप्रियता कमाएकी छिन् । युवा पुस्तामा बढ्दैं गएको लागुऔषध दुव्र्यसनीमा समाजसेवीको भूमिकामा देखिएकी थिइन् । शिक्षक ईश्वर पोखरेलद्वारा लिखित नाटक स्कूले बालबालिका माझ प्रदर्शन गरिएको थियो । भूमिकालाई सम्झिदैं उनी भन्छिन्,‘अभिभावको मायाप्रेम, हेरचाह विना बालबालिकाहरु कूलतमा फसेका छन् ।’

‘नाटकमा जब मैले समाजसेवीको भूमिकामा देखिए । त्यस बेलादेखि साथी भाइले मलाई देख्नेवितिकै,‘उ समाजसेवी आउनुभयो’ भन्दै सम्मान गर्नु हुन्छ,’उनले भनिन् । नाटकले मैले स्कूल तहदेखि पाँच–सात बर्षदेखि गर्दै आएको समाजसेवाको सबै काम उनको उजागर गरिदियो ।

अभिभावहरुले बालबालिकाहरुलाई हेरचाह, पढाईमा चासोसंगै भविष्यप्रति आशावादी बनाउन सकियो भने दशजनशक्ति उत्पादन हुने उनले बताइन् ।‘युवाहरुलाई कूलतबाट टाढा राख्न काममा बिज्जी बनाउनु पर्छ । सरकारले बेरोजगारी समस्या समाधान गर्न सक्नु पर्छ,’उनले भनिन् ।

Image may contain: 8 people, people standing and outdoor

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान महोत्तरीका अध्यक्ष राजु तामाङले उनलाई समाजसेवीको भूमी छनौट गरेर नाटक खेल्ने अवसर दिएका थिए । सविनाले गरेको समाजसेवा र उनले गरेको नृत्यबाट प्रभावित भएका तामाङले उनलाई नाटकमा अवद्ध गराएका थिए ।

‘समाजको लागि मैले केही योग्दान दिनु पर्छ । समाजिक रुपान्तरणमा मैले सहभागी हुनु पर्छ भन्ने मान्यता घट्दो छ । पढिलिखि युवा पुस्ता आफ्नै आवश्यकता पुरा गर्नमा सीमित बनिरहेका छन्,’युवा अभियना नेपाल बर्दिबासका अध्यक्ष विष्णु बम्जन भन्छन्,‘आफ्नो परिवारबाट उठेर समाज र राष्ट निर्माणमा योग्दान गर्नु पर्ने भावनामा समाजमा हराउँदै गएको छ । समाजिक सञ्जालले युवा पुस्तालाई मोवाइलमै सीमित राखिदिएको छ । यस्तो अवस्थालाई छिचोल्दैं दलितत समुदायकी चेली समाजसेवा रमाउन सिक्नु ठूलो कुरो हो ।’ सविनाको कामबाट जो सुकैलाई प्रेरणा मिलेको उनले बताए ।