• The Public Today
  • मुख्यमन्त्री राउत आज अमेरिका जाँदै


    जनकपुरधाम, कार्तिक २७ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज (बुधबार) अमेरिका प्रस्थान गर्दैछन्।

    [custom-facebook-feed]

    एसोसिएट अफ नेपाली तराईयन इन अमेरिका (एन्टा) कोे साधारणसभामा भाग लिन प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झासहित उनी अपराह्न ३ बजे अमेरिकाका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ। मुख्यमन्त्री राउत र मुख्य न्यायाधिवक्ता झा मंगलबार नै काठमाडौं पुगिसकेका छन्।

    एन्टा अमेरिकामा बस्ने मधेसी मूलका नागरिकको संस्था हो। लामो प्रयासपछि कूटनीतिक राहदानी पाएका मुख्यमन्त्री राउत अमेरिका जान लागेका हुन्। एन्टाको कार्यक्रममा सरिक भएर मुख्यमन्त्री राउत मंसिर ४ गते स्वदेश फर्कने कार्यक्रम छ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस