• The Public Today
  • ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा अमेरिकी चासो


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, कार्तिक २७ गते ।
    प्रदेश नं. २ को सरकारले संचालनमा ल्याएको महत्वाकाँक्षी कार्यक्रम बेटी पढाउ, बेटी बचाउ अभियान प्रति अमेरिकी सरकारले चासो व्यक्त गरेका छन ।

    [custom-facebook-feed]

    प्रदेश सरकारको कार्यक्रमबाट प्रभावित भएको अमेरिकी राजदुत ¥याण्डी बेरीले आफै जनकपुर पुगेर प्रदेश सरकार, बेटी पढाउ, बेटी बचाउ तथा लक्षित वर्गलाई छुट्टाछुट्टै भेटे पछि कार्यक्रममा सहयोग गर्ने उत्सुकता देखाएका हुन । तीन दिन देखी जनकपुरमा रहेको राजदुत बेरी सहितको टोलीले बेटी पढाउ, बेटी बचाउको टोली संग छलफल गर्दै सहयोग गर्ने उत्सुकता देखाएको कार्यक्रमका संयोजक प्रियंका यादवले जनाएका छन ।

    प्रदेश सरकार बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा १४ हजार साइकल वितरण, एक सय सामुदायिक विद्यालयमा छात्रा शौचालयको निर्माण, करिब ५ हजार नवजात छोरीहरुको विमा , महिलाहरुको लागि लोक सेवा कक्षाको तैयारी जस्ता बहुआयमिक कार्यक्रमहरु संचालन गरि रहेका छन ।

    उक्त कार्यक्रमहरुमै अमेरिकी दुतावासले सहयोगगर्ने इच्छा व्यक्त गरेका छन ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस