• The Public Today
  • भारत विरुद्ध जनकपुरमा राष्ट्रिय युवा संघको प्रदर्शन


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, कार्तिक २७ गते ।
    भारतीय नक्सा विरूद्ध जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

    [custom-facebook-feed]

    नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ धनुषाको आयोजनामा जनकपुरधाममा प्रदर्शन गरिएको हो । ‘गोे ब्याक इण्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’ लगायतका नारा लेखिएको ब्यानरसहित राष्ट्रिय युवा संघका नेता कार्यकर्ताहरुले बजार परिक्रमा गरेका थिए ।

    रयालीमा सहभागीहरुले भारतको ज्यादती र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी दिएका छन् । आन्दोलनमा उत्रिएका नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुर्दावादको नारा समेत लगाएका थिए । विरोधमा उत्रिएकाहरुले पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन् ।


    क्याटेगोरी : राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस