• The Public Today
  • धनुषामा बसको ठक्करबाट एकको ज्यान गयो, एक घाइते


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, कार्तिक २९ गते ।
    धनुषामा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

    [custom-facebook-feed]

    शुक्रवार विहान जनकपुर-ढल्केवर सडकखण्ड अन्तर्गत धनुषाको लक्ष्मीनियामा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो भने अर्का एकजना घाइते भएका छन् ।

    जनकपुरबाट विराटनगर जादैँ गरेको ना.७ ख.३६९३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउदै गरेको ज.९ प. ५४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार जनकपुर ११ का ४१ वर्षीय गोविन्द साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    प्रहरीका अनुसार मोटरसाइकलमा सवार धिरेश साह घाइते भएका छन् । घाइते साहको उपचार भई रहेको प्रहरीले जनाएको छ। उनलाई जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लािग काठमान्डौं रिफर गरिएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस