धनुषाबाट लाखौंको अवैद्य चाइनीज नास्पाती बरामद

पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, कार्तिक २९ गते ।
शसस्त्र प्रहरीको स्क्वाइट टोलीले धनुषाबाट चेक जाँचको क्रममा भारतीय बोलेरो पिकअपसहित लाखौंको चाइनीज नास्पाती बरामद गरेको छ ।

[custom-facebook-feed]

धनुषाको औरही गाउँपालिकाबाट देउरी तर्फ नास्पाति लिएर जाँदै गरेको भारतीय नम्बर प्लेट बी.आर.३२ जी.ए.५०८५ नम्बरको पिकअप र त्यसमा रहेको झन्डै ३ लाख मूल्य बरावरको चाइनीज नास्पाती बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

पिकअपमा १ सय १५ कार्टुनमा १५ किलोको दरले १७ सय २५ किलो चाइनिज नास्पाती बरामद गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए । उनका अनुसार बरामद गरेको नासपाती २ लाख ५८ हजार ७ सय ५० रुपैयाँ बराबरको रहेको छ ।

देउरी स्थित सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाबाट सहायक प्रहरी निरीक्षक सुरेन्द्र कुमार झाको कमाण्डमा खटेको टोलीले चेकजाँच गर्ने क्रममा चालक फरार भएपछि नासपाती सहितको पिकअप बरामद गरिएको हो ।

बरामद नास्पाती र ७ लाख मूल्य बराबरको पिकअप आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरलाई जिम्मा लगाएको जनाएको छ ।