• The Public Today
  • वीरगञ्जसँग गौशाला ६८ रनले पराजित


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, कार्तिक २९ गते ।
    महोत्तरीको खयरमारामा आयोजित टि ट्वान्टी नकआउट क्रिकेट प्रतियोगितामा वीरगञ्ज विजयी भएको छ ।

    [custom-facebook-feed]

    महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्वर ११ को आयोजना तथा एम्स क्लब र जनजागृती युवा क्लबको सहआयोजनमा आयोजित प्रथम खयरमारा टि ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गतको दास्रो दिन शुक्रवार भएको खेलमा गौशालालाई ६८ रनले पराजित गर्दै जित हात पारेको हो ।

    १ सय ३३ रनको लक्ष्य पछ्याएको गौशालाले निर्धारित ओभरमा सबै विकेट गुमाएर ६४ रन मात्रै बनाउन सक्यो । गौशालाका लागि संजय क्यापछाकी मगरले सर्वाधिक २४ रन बनाए । वीरगञ्जका नरेन्द्र महतोले ४ ओभरमा ६ रन मात्र दिएर ४ विकेट लिए ।

    यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको वीरगञ्जल निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । वीरगञ्जका लागि प्रदिप कुमारले सर्वाधिक ३२ रन जोडे । बलिङ्गतर्फ गौशालाका रुपेश साहले ४ विकेट लिए ।

    शुक्रवार भएको खेलमा वीरगञ्जका नरेन्द्र महतो म्यान अफ द म्याच घोषित भएका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस