नापी कार्यालय बर्दिबासको कागज ल्याइयो

पब्लिक टुडे समाचारदाता
बर्दिवास, कार्तिक २९ गते :
नापी कार्यालय बर्दिबासको कागज पत्र जलेश्वरबाट अबेर राति बर्दिबास ल्याइएको छ ।

[custom-facebook-feed]

उद्योग बाणिज्य संघ बर्दिबासका अध्यक्ष प्रह्लादकुमार क्षेत्रीका अनुसार, नापी कार्यालय जलेश्वर र बर्दिबासबीच नक्सा, पल्टबुक, श्रेस्ताजस्ता कागजपत्र बुझबुझार्थ गरि ल्याइएको छ ।

राजनीतिक दल, उद्योग बाणिज्य संघले नापी कार्यालय बर्दिबासको कागज पत्र ल्याउन चार बर्ष अघि देखि पहल गर्दै आइरहेका थिए ।

कागजपत्र नहुँदा सेवाग्राहीहरु नापीको सेवा दिन ४२ किलो मिटर टाढा जलेश्वर जान बाध्य थिए । १७ जेठ २०७२ मा नापी कार्यालय बर्दिबासको स्थापना भएको हो ।

बर्दिबास नगरपालिकाको पशुपतिनगर, किसाननगर, बिजलपुरा, बर्दिबास, गौरीबास, खयरमारा, माइस्थान, हात्तिलेट र भंगहा नगरपालिकाको सीताभंगहा गाउँका स्थानीयलाई लक्षित गर्दै बर्दिबासमा नापी कार्यालयको स्थापना गरिएको हो।