• The Public Today
  • आलमलाई मध्यराति नख्खु कारागार पुर्‍याइयो


    रौतहट, कार्तिक ३० गते । रौतहट राजपुर बम काण्डका मुख्य अभियुक्त नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई नख्खु कारागार पुर्‍याइएको छ ।

    [custom-facebook-feed]

    जिल्ला अदालत रौतहटले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै आलमलाई ललितपुरस्थित नख्खु कारागार रातारात पुर्‍याइएको हो ।

    १२ वर्षअघि बम बनाउँदा विस्फोट भएर घाइतेलाई इटाभट्टामा हालेको आरोपमा पक्राउ परेका आलमलाई शुक्रबार अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । आलमलाई जिल्लामा राख्न सुरक्षा जोखिम भएकाले रौतहटको गौरबाट शनिबार विहान ४ बजे नख्खु कारागार पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ ।

    अदालतको आदेशमा उल्लेख भएअनुसार सुरक्षाको दृष्टिकोणले उनलाई त्यहाँ राख्नु उपयुक्त नभएमा अन्य कारागारमा स्थान्तरण गर्न सकिनेछ । 

    अदालतको आदेशपछि उनलाई गाडीमा हालेर राति एक बजेतिर नख्खु कारागारमा पुर्‍याइएको हो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस