• The Public Today
  • पोर्चुगल युरो कपमा छनोट, रोनाल्डोको ९९ औँ अन्तर्राष्ट्रिय गोल


    मंसिर २ गते :डिफेन्डिङ च्याम्पियन पोर्चुगल युरो कप २०२० मा छनोट हुन सफल भएको छ । छनोट चरणको अन्तिम खेलमा लग्जम्बर्गलाई हराउँदै पोर्चुगलले अर्को वर्ष हुने प्रतियोगितामा स्थान सुरक्षित गरेको हो ।

    [custom-facebook-feed]

    लग्जम्बर्गलाई २–० ले हराउँदै पोर्चुगल समूह बीबाट उपविजेताका रुपमा अघिल्लो चरणमा पुगेको हो । लग्जम्बर्गविरुद्धको खेलमा क्रिष्टियानो रोनाल्डोले ९९औं अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन् । अघिल्लो खेलमा लिथ्वानियालाई ६–० ले हराउँदा ह्याट्रिक गरेका रोनाल्डोले लग्जम्बर्गलाई एक गोल थपेर गोलको सेन्चुरी नजिक पुगेका हुन् ।

    खेल सकिन चार मिनेट बाँकी रहँदा रोनाल्डोले गोल गरेका थिए । त्यसअघि खेलको ३९ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।

    यो समूहबाट युक्रेन समूह विजेता बन्दै युरोमा छनोट भएको छ ।

    अन्तिम अपडेट: मंसिर २, २०७६


    क्याटेगोरी : खेलकुद, ब्रेकिङ्ग न्युज-१

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस