• The Public Today
  • संघीय सरकारविरूद्ध प्रदेश २ सरकारद्वारा सर्वोच्चमा रीट


    काठमाडौं, मंसिर २ गते । प्रदेश २ सरकारले संघीय सरकारले ल्याएको वन ऐनविरुद्ध सर्वोच्च अदालतमा रीट दायर गरेको छ ।

    [custom-facebook-feed]

    ऐनका अधिकांश दफा संविधानसँग बाझिएको भन्दै प्रदेश २ सरकारको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले सोमबार सर्वोच्च अदालतमा रीट दायर गरेको जनाएको छ ।

    राष्ट्रपति कार्यालय, संघीय संसद, केन्द्र सरकार र वन मन्त्रालयलाई विपक्षी बनाइएको रीटमा ऐनका थुप्रै दफा संविधानसँग बाझिएको भन्दै बदर गर्न माग गरिएको छ । साथै मुद्धाको टुंगो नलागेसम्म ऐन कार्यान्वयन नगर्न समेत अन्तरिम आदेशको माग गरिएको छ । रीटको ६ गते संवैधानिक इजलासमा पेशी तोकिएको छ ।

    यसअघि सागरनाथ वन परियोजनाबारे केन्द्र सरकारले गरेको निर्णयविरुद्ध पनि प्रदेश २ सरकार अदालत गएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस