• The Public Today
  • बाराबाट लागुऔषध गाँजासहित एकजना पक्राउ


    पब्लिक टुडे समाचारदाता
    बारा, मंसिर २ गते ।
    बारा प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    बाराको पचरौता नगरपालिका बेनौलीका २५ वर्षीय कृष्ण साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सोमबार प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीको टोलीले साहलाई पचरौता नगरपालिका ७ भवानीपुर टोलबाट पक्राउ गरेको हो ।

    उनको साथबाट ५ केजी गाँजा बरामद भएको र उनको बारेमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : अपराध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस