• The Public Today
  • लागूऔषधसहित ३ जना वीरगञ्जबाट पक्राउ


    पर्सा, मंसिर ३ गते । प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई मंगलबार वीरगञ्जबाट पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    पक्राउ पर्नेमा मकवापुरको हेटौंडा उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय सोमनाथ फुईया, लमजुङका २४ वर्षीय गणेश भण्डारी र सोही ठाउँ बस्ने सुरज गुरुङ रहेको प्रहरीले जनाएको छ ।

    उनीहरुको साथबाट प्रहरीले लागूऔषध डाइजेल्याप १२ एम्पुल, नुर्फिन १२ एम्पुल र फेनारगन १२ एम्पुल बरामद गरेको छ । प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा तीनै जनालाई वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट उक्त परिमाणको लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।


    क्याटेगोरी : अपराध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस