• The Public Today
  • वडाध्यक्षको घरबाटै मोटरसाइकल चोरी


    मंसिर ३ गते : सुनसरीको दुहबी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष माधव भण्डारीले प्रयोग गर्ने सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरी भएको छ। सोमबार राति आफ्नै घरमा राखेको को १ ब १४०३ नम्बर प्लेटको सरकारी मोटरसाइकल चोरी भएको हो।

    [custom-facebook-feed]

    यामाहा कम्पनीको एफजेड मोटरसाइकलको लक तोडेर मोटरसाइकल चोरी भएको वडाध्यक्ष भण्डारीले बताए। ‘गएराति मोटरसाइकल घरबाटै चोरी भयो, मैले यो घटनाको बारेमा इलाका प्रहरी कार्यालय दुहबीमा निवेदन दिएको छु,’ उनले भने।

    यसअघि दुई वर्ष अगाडि सबै वडाध्यक्षहरूलाई नगरपालिकाले सरकारी नम्बर प्लेटको मोटरसाइकल वितरण गरेको थियो। दुहबीमा सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरीको घटना यो पहिलो रहेको भएपनि अन्य फुटपाथमा तथा बजार क्षेत्रमा दैनिकजसो चोरी हुने गरेको स्थानीय रोहित सरदारको गुनासो रहेको छ। ‘कलको सामान, सिटि सफारीका ब्याट्री पनि हराउने गरेको छ,’ सरदारले भने, ‘प्रहरीले हाईवे क्षेत्रमा मात्र गस्ती गर्ने गरेको छ, भित्री सडक खण्डमा प्रहरी नै पुग्दैन।’ उनले अहिलेसम्म चोरीका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको बताए।

    यता इटहरी–१ स्थित आँपगाछी चोकमा पनि सोमबार राति चारी भएको छ। धनकुटे होटलमा गएराति सिसि क्यामेराको फुटेज छोपेर चोरी भएको होटल सञ्चालिका कमला श्रेष्ठले बताईन्। होटलबाट नगद र अन्य जिन्सी सामान चोरी भएको उनले बताइन्। नेपालन्युज


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस