गौतम गाम्भीर बने लोकसभामा भाजपा उम्मेदवार

Facebook
Twitter
WhatsApp
Print

भारतीय पूर्वक्रिकेटर गौतम गाम्भीरले राजनीतिक यात्रा शुरु गरेका छन्। अघिल्लो वर्षमात्र क्रिकेटबाट सन्न्यास लिएका गाम्भीरले शुक्रबार भारतीय जनता पार्टी भाजपाबाट राजनीतिक यात्रा शुरु गरेका हुन्। प्रमुख सत्तारुढ भाजपामा आबद्ध भएका उनले यस वर्ष नै लोकसभा चुनावमा उम्मेदवारी दिने तयारी छ।
गाम्भीरले शुक्रबार भाजपा नेतासमेत रहेका वित्तमन्त्री अरुण जेट्ली र कानुन मन्त्री रविशंकर प्रसादको उपस्थितिमा भाजपाको सदस्यता लिएका भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतका तर्फबाट ५८ टेष्ट, १ सय ४७ एकदिवसीय र ३७ टि ट्वेन्टी अन्तर्राष्टिय खेलेका छन्। आइपिएलमा कोलकाताले उनकै कप्तानीमा उपाधि जितेको थियो। अघिल्लो सिजनको आइपिएलमा दिल्लीको कप्तानी गरेका गम्भीरले लगातारको हारपछि प्रतियोगिता नसकिदै खेल्नै छाडेका थिए। त्यसपछि क्रिकेटका सबै संरचनाबाट सन्न्यास लिएका गौतमले पछिल्लो समय स्टार्स स्पोटर्समा कमेन्टेटरको रूपमा काम गरिरहेका थिए। एजेन्सी

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार