• The Public Today
  • सिरहाबाट हराइरहेको आयल निगमको ट्यांकर धनुषामा भेटियो


    जनकपुरधाम, मंसिर ४ गते । सिरहाको लहानबाट हराइरहेको नेपाल आयल निगमको तेल ढुवानी गर्ने ट्यांकर फेला परेको छ ।

    [custom-facebook-feed]

    मंगलबार साँझदेखि हराएको ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१  स्थित नगरपालिका– १ रमदैयामा पार्किङ गरिराखेको अवस्थामा ट्यांकर फेला परेको हो ।

    प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले ढल्केबरबाट १० किलोमिटर दक्षिणमा मंगलबार राति नै ट्यांकर भेटिएको पुष्टि गरे । भेटिएको ट्यांकरमा तेल खन्याइएको छ ।  तेल कहाँ खन्याइयो भन्ने खुलेकाे छैन ।

    बाराको अमलेखगंजस्थित नेपाल आयल निगमको डिपोबाट २० हजार लिटर डिजेल भरेर प्रदेश १ को राजधानी विराटनगरतर्फ जाने क्रममा ना.४ख ४१६३ नम्बरको टयांकर सोमबार राति अपहरण गरेको बताइएको थियो । यद्यपि, दाबी गरिएजस्तो टयांकर अपहरण भएको थियो या चालककै संलग्नतामा तेल बिक्री गर्न अपहरणको बहाना गरिएको थियो भन्ने खुलेको छैन ।

    टयांकरका चालक रामदेव यादव र सह–चालक उमेश यादवलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको डीआईजी कार्कीले जानकारी दिए ।

    नेपाल आयल निगमले पनि घटनाबारे छानबिन गर्न इञ्जिनियर अशोक साहको संयोजकत्वमा ४ सदस्यीय छानबिन टोली गठन गरेको छ ।


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस