• The Public Today
  • प्रधानमन्त्रीद्वारा मन्त्री परिषद् पुनर्गठन गठन


    घनश्याम ‘इन’, रघुवीर र मात्रिका ‘आउट’, उपेन्द्र ‘चेन्ज’, गिरिराजमणी ‘यथावत’

    राजकरण महतो
    जनकपुरधाम, मंसिर ५ गते :
    पुरानालाई हटाउँदै नयाँ अनुहार ल्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीको जिम्मेवारी हेरफेर गर्दै बुधवार अबेर राती मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् ।

    [custom-facebook-feed]

    प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको सूची राष्ट्रपति कार्यालयमा पठाएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गरे । नयाँ थपिएका मन्त्रीको सपथग्रहण हरुले बिहीबार ११ बजे हुने भएको छ ।


    उपेन्द्रको मन्त्रालय ‘चेन्ज’
    प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेका छन् । उनको ठाउँमा नेकपा नेता भानुभक्त ढकाललाई राखिएको छ ।
    कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री बनाइएको छ ।
    यादव हाल भारत भ्रमणमा छन् । हालै सम्पन्न समाजवादी पार्टीर्को बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरे लगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन् ।


    रघुवीर, मात्रिका र लालबाबु ‘आउट’
    भौतिकपूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ । तीनै जना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए ।

    पूर्व माओवादीको कोटाबाट मन्त्री भएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।


    हृदयेश बने सामान्य प्रशासन मन्त्री
    प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, मोती दुगडलाई मन्त्री नियुक्त गरेका छन् । यस्तै उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रीमा लेखराज भट्ट र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रीमा रामेश्वर राय यादव परेका छन् ।
    स्रोतका अनुसार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिइनेछ । भुसाल कृषिमन्त्री भएका छन् भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेका छन् ।

    उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री बनाइएको छ । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमको मन्त्रीमा पार्वत गुरुङको नाम गएको छ ।


    गिरिराजमणी ‘यथावत’
    उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ । आजको ‘द पब्लिक टुडे’मा समाचार छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस