• The Public Today
  • नवनियुक्त मन्त्रीले लिए सपथ


    काठमाडौं, मंसिर ५ गते : नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्।

    [custom-facebook-feed]

    बिहीबार बिहान करिब साँढे ११ बजेतिर नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएका हुन्। राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन् ।

    सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पनि उपस्थिति रहेको भएको राष्ट्रपति कार्यालयले जनाएको छ। नवनियुक्त मन्त्रीहरूले सिंहदरबारस्थित मन्त्रालयमा आजै पदभार ग्रहण गर्नेछन्।

    प्रधानमन्त्री ओली बुधबार साँझ वसन्त नेम्वाङ (भौतिक) हृदयेश त्रिपाठी (संघीय), पार्वत गुरुङ (महिला, बालबालिका), घनश्याम भुषाल (कृषि)र लेखराज भट्ट (उद्योग), रामेश्वर राय (श्रम) मन्त्री बनाउन राष्ट्रपति कार्यालयमा सिफारिस गरेका थिए।

    त्यस्तै, नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री नियुक्त भएका छन्। सत्ता साक्षेदार दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट झिकेर कानुन मन्त्रालयको जिम्मेवारीमा सारिएको छ। स्वास्थ्य मन्त्रालयको जिम्मा कानुनमन्त्री भानुभक्त ढकाललाई दिइएको छ।

    हटाइएका मन्त्रीमा रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित, मात्रिका यादव, चक्रपाणि खनाल र थममाया थापा छन् भने राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र डा. सुरेन्द्र यादव पनि पदमुक्त भएका छन्। हटाइएका ६ मध्ये ४ पूर्वएमाले र २ पूर्वमाओवादी कोटाबाट मन्त्री बनेका थिए।


    क्याटेगोरी : राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस