• The Public Today
  • ट्याक्सी चढेर घर फर्किए गोकर्ण विष्ट


    पब्लिक टुडे समाचारदाता
    काठमाण्डौं, मंसिर ५ गते
    : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्री परिषद पुनर्गठन गरेसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट बाहिरिएका गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घरतर्फ गएका छन् ।

    [custom-facebook-feed]

    नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन गएका निवर्तमान मन्त्री विष्ट त्यहाँबाट ट्याक्सी चढेर आफ्नो घर सामाखुशीतर्फ फर्किएका हुन् ।

    उनका प्रेस सहयोगी मदन खनालका अनुसार मन्त्रालयबाट पैदल आएका विष्टले सिंहदरबार गेट अगाडि गुडिरहेको ट्याक्सी रोकेर चढेका हुन् ।

    विष्टले मन्त्री हुँदा लिएको गाडी बिहीबार विहानै फिर्ता गरेका थिए । उनी विहीबार नै पुल्चोकस्थित मन्त्री निवासबाट सरेका छन् ।

    यसअघि आठ वर्षअघि उर्जा मन्त्रीबाट बाहिरिंदा पनि विष्ट सिंहदरबारबाट हिँड्दै बाहिरसम्म आएर ट्याक्सी चढेर घर फर्किएको थियो । बिहीबार श्रम मन्त्रीबाट बाहिरिंदै गर्दा पनि उहाँले सबैलाई धन्यवाद दिँदै सिंहदरबार बाहिरसम्म हिँडेर ट्याक्सी चढेर फर्किएको हो ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस