• The Public Today
  • तत्काल पार्टी एकता नहुने : नेता महतो


    पब्लिक टेडे समाचारदाता
    जनकपुरधाम, मंसिर ६ गते :
    राजपा नेपाल र समाजवादी पार्टीबीच लामो समयदेखि एकता हुने अभिव्यक्ति दिँदै आएका राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।

    [custom-facebook-feed]

    अध्यक्ष मण्डलको संयोजक भएपछि आफ्नो निर्वाचन क्षेत्र धनुषा क्षेत्र नं। ३ मा आउँदा जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले एकताको सम्भावना तत्कालका लागि नरहेको बताएका छन् ।

    उनले लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादी लगायतका पार्टीहरुसँग एकताको कुरो भइरहेको जानकारी दिए ।

    अहिलेको अवस्थामा देशमा कांग्रेस र कम्युनिष्ट शक्तिको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको तर सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण हुन नसक्ने महतोको भनाई छ ।

    महतोले सरकार बाहिर रहेका सम्पूर्ण शक्तिलाई जनभावनालाई पूरा गर्नका लागि वैकल्पिक शक्ति निर्माण गर्नमा सहयोगका लागि आग्रह समेत गरेका छन् । आफूहरु सरकारमा नरहेकोले अहिले भएको मन्त्रीमण्डल पुनर्गठनको विषयमा कुनै टिप्पणी नगर्ने उनले बताए ।

    ‘नजाने गाउँको बाटो किन सोध्ने, हामी सरकारमा छैनौँ र हाम्रो सरोकारको विषय पनि होइन’, उनले भने । राजपा पनि सरकारमा सहभागी हुने विषयमा महतोले राजपाको सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताए ।

    उनले संविधान संशोधन, आन्दोलनकारी साथीहरु विरुद्धको मुद्दा फिर्ता लगायतका मागहरु सम्बोधन नभएसम्म सरकारलाई सहयोग गर्न नसकिने बताए ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस