इण्डियन प्रिमियर लिग : पञ्जावले राजस्थानलाई हरायो

Facebook
Twitter
WhatsApp
Print

जयपुर, चैत १२ –
इण्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभेन पञ्जावले राजस्थान रोयल्सलाई १४ रनले हराएको छ । जयपुरस्थित राजस्थानको होम ग्राउण्डमा भएको खेलमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले जित निकालेको हो ।

पहिले ब्याटिङ गरेको पञ्जावले २० ‌ओभरमा ४ विकेटको क्षतिमा १ सय ८४ रन जोड्यो। पञ्जावका लागि क्रिस गेलले ४७ बलमा ८ चौका र ४ छक्का हिर्काउदै ७९ रन जोडे। मयंक अग्रवालले २२ रन जोडे भने सर्फराज खानले २९ बलमा ६ चौका र १ छक्काको मद्दतमा ४६ रन बटुले।

१८५ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा नौ विकेट गुमाउँदे १७० रनमा समेटियो । उसका लागि जोस बट्लरले ४३ बलमा ६९ रनको योगदान दिए । रविचन्द्रन आस्विनबाट रनआउटको सिकार हुनुअघि उनले ४३ बलमा १० चौका र २ छक्का प्रहार गरेका थिए। अजिन्क्या रहाणेले २७ र सन्जु स्यामसनले ३० रन बनाए । स्टेभेन स्मिथले पनि २० रन जोडे । अन्य खेलाडीको प्रदर्शन राम्रो रहन सकेन ।
बलिङमा पञ्जावका समान कुरान, मुजिब उर रहमान र अंकित राजपुतले २–२ विकेट लिए। एजेन्सी

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार