• The Public Today
  • करेन्ट लागेर एकको मृत्यु


    रामबाबु यादव
    गौशाला, चैत्र १२ गते ।

    महोत्तरीको सोनमा गाउँपालिका ५ खैरबनीमा करेन्टलागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरबनी बस्ने लालबाबु महतो नुनियाको १८ बर्षिय छोरा राकेश महतो नुनिया रहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक किशोर आचार्यले जानकारी दिनुभयो ।

    सोमबार राती करीब ७ बजे टिभिमा लाइन जोडने क्रममा करेन्ट लागी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोष्टर्माटमको लागी जिल्ला अस्पताल जलेश्वर पठाएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।


    क्याटेगोरी : समाज


    प्रतिक्रिया दिनुहोस