विप्लव समूहका तीन जना जिल्ला सदस्य सप्तरीबाट पक्राउ

Facebook
Twitter
WhatsApp
Print

राजविराज, चैत १२ – सप्तरीबाट प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका तीन जना जिल्ला सदस्यलाई पक्राउ गरेको छ।

कञ्चनरुप नगरपालिका ६ का ५२ वर्षीय नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का ४६ वर्षीय गणपति साह, र छिन्नमस्ता गाउँपालिका १ का ४० वर्षीय तेजनारायण यादवलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जना विप्लव समूहका जिल्ला सदस्य रहेको प्रहरीको दाबी छ।

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका नेता/कार्यकर्ता खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको सप्तरीका एसपी राजेन्द्र विष्टले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने बताएलगत्तै सप्तरीबाट समेत उनका कार्यकर्ता पक्राउ परेका हुन्।



ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार