• The Public Today
  • आइपिएल : चेन्नईसंग दिल्ली पराजित


    द पब्लिक टुडे समाचारदाता-
    गौशाला, चैत्र १३ गते ।
    इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई  हराउँदै चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार राति भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो ।

    टस जितेर पहिलो व्याटिङ रोजेको दिल्लीले चेन्नाईलाई १४८ रनको लक्ष्य दिएको थियो । एक सय ४८ रनको लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

    चेन्नईको जितमा सेन वाट्सनले ४४ रन बनाए । यसैगरी सुरेश रैना ३० रनमा आउट हुँदा केदार जादबले २७ रन बनाएका थिए । महेन्द्र सिंह धोनीले अविजित ३२ रन बनाए । पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

    दिल्लीका लागि ओपनर शिखर धवनले ५१ रन बनाए । ऋषभ पन्तले २५, सेन वाटसनले २४, कप्तान श्रेयस ऐरले १८ र राहुत तेवतियाले ११ रन बनाएका थिए । बलिङमा चेन्नईका डबेन ब्राभोले तीन विकेट लिए । दिपक चाहर, रविन्द्र जडेजा र इमरान ताहिरले एक एक विकेट लिएका थिए ।    

     


    क्याटेगोरी : खेलकुद


    प्रतिक्रिया दिनुहोस