• The Public Today
  • बलात्कार गरेको आरोपमा युवक पक्राउ


    सिरहा, चैत्र १३ गते । सिरहामा एक १६ वर्षीया किशोरीलाई बालत्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा कल्याणपुर नगरपालिका ११ बस्ने २१ वर्षीय संजीपकुमार राउत रहेको प्रहरीले जनाएको छ ।

    गत सोमबार संजिवले लक्ष्मीपुर पतारी गाउँपालिकाका-३ हरिनगर बस्ने एक १६ बर्षिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

    घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    क्याटेगोरी : समाज


    प्रतिक्रिया दिनुहोस