सम्पादकीय-
पूर्वपश्चिम तथा विपी राजगमार्गमा गुड्ने सवारीसाधनको तिव्र्रगतिका कारण यात्रुहरु यात्रा गर्न डराउन थालेका छन् । दैनिक सयौँको संख्यामा गुड्ने साना तथा ठुला सवारीसाधनहरुको गति तिव्र हुने गरेका कारण दुर्घट्नाको जोखिम बढाएको छ । विशेषगरि, ठूला गाढीको तिव्र गतिका कारण विपी राजमार्गमा मोटरसाइकल लगायत साना गाढीका लागि सुरक्षा कमजोर बन्दै गएको छ ।
सवारीचालकको लापर्वाहीले राजमार्गमा थुप्रै दुर्घट्नाहरु भएका छन् । विपी राजगमार्गमा टाइम कार्ड लागु भए पनि सवारीसाधनको गति भने घट्न सकिरहेको छैन । सिन्धुली जिल्लामा तीनवर्षको अवधिमा सडक दुर्घटनामा परि सय जना भन्दा बढीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सडक दुर्घटनाको मुख्य कारण तिव्र गति र चालकको लापरवाहि रहेको छ ।
विपी राजमार्गमा गुड्ने बुलेरो, हायस लगायत अन्य सवारीसाधनको तिव्रगतिका कारण मोटरसाइकलमा राजमार्गको यात्रा गर्न जोखिम बन्दै गएको छ । ठूला गाढीले साना गाढीलाई पेलेर आउने लगायत साइड नदिने समस्या रहेको मोटरसाइकल चालकहरुले गुनासो पोख्ने गरेका छन् । तसर्थ, सडक सुरक्षालाई बलियो बनाउन विपी राजमार्गमा गुड्ने हरेक प्रकारका सवारीसाधनको गति नियन्त्रणमा सम्बन्धित निकायले चासो देखाउन जरुरी छ । अतः राजमार्गको सुरक्षा सबैको कर्तव्य भएकाले सबैले सडक सुरक्षालाई प्राथमिकता दिनुपर्छ ।