मान्छे ३० वर्षसम्म बच्चै हुन्छन् : अनुसन्धान

 

प्राय बाबु-आमाले आफ्ना छोराछोरी १५ वर्षभन्दा माथि भएपछि सन्तान हुर्किएको अनुभव गर्ने गर्छन् । हाम्रो जस्तो समाजमा त अझ २० वर्ष कटेपछि छोराछोरी परिपक्क भइसकेको भन्दै अभिभावकले सन्तानको विवाहसमेत गरिदिने चलन छ। तर, एक अध्ययनले मानिस ३० वर्षको उमेरसम्मै बच्चै रहने देखाएको छ ।

बेलायतको अक्सफोर्डको चिकित्सा विज्ञान एकेडेमीद्वारा आयोजित स्नायु विज्ञान सम्मेलमा सहभागी चिकित्सा क्षेत्रका वैज्ञानीकहरूले ३० वर्षको उमेरसम्म मानिसहरूको मस्तिष्क बच्चाको जस्तै हुने बताएका हुन् । सम्मेलनमा सहभागी भएका मध्ये क्याम्ब्रिज युनिभर्सिटीका प्रोफेसर पिटर जोनसले प्रत्येक व्यक्ति छुट्टाछुट्टै उमेरमा वयश्क हुने बताएका छन् ।

सम्मेलनमा सहभागी अधिकाशं वैज्ञानिकहरूले धेरै देशमा १८ वर्षमाथिका मानिसहरूलाई वयस्क भनेर घोषणा गर्ने भए पनि मस्तिष्कसम्बन्धी अनुसन्धान गरिरहेका वैज्ञानिकहरूले तीसको उमेरमा प्रवेश नगरुन्जेल मानिस पूर्णरूपमा वयश्क हुने बताएका हुन् । १८ वर्षभन्दा माथिका मानिसको पनि मस्तिष्कमा विभिन्न परिवर्तनहरू आइरहने र यसले मानिसहरूले गर्ने क्रियाकलापमा परिवर्तन आउने हुँदा मानिसहरूको मस्तिष्क बच्चाको जस्तै हुने बताएका हुन् । एजेन्सी

Scroll to Top