प्रदेश २ मा एसईई परीक्षा स्थगित

Facebook
Twitter
WhatsApp
Print

काठमाडौं : लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२मा एसईईका बाँकी सबै परीक्षा स्थगित गरिएको छ । शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्रालयले प्रदेश २ का बाँकी सबै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो ।

प्रदेश २ मा २६२ परीक्षा केन्द्र छन् भने ७० हजार ५ सय ६८ परीक्षार्थी सहभागी छन् । अर्को परीक्षा तालिका चैत महिनाभित्रै सार्वजनिक गर्ने शिक्षामन्त्री गिरिराजमणिा पोखरेलले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका छन् ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार